jump to navigation

रङ उडेको जिवन सेप्टेम्बर 24, 2016

Posted by timecircle in Uncategorized.
add a comment

hna

आंटो, माटो र बाटो सेप्टेम्बर 17, 2016

Posted by timecircle in Uncategorized.
add a comment

*
घरमा पेटभरी खाने हुन्थेन
महिनौं लडेपछी मकैको पोथ्रामा
पुड्का पुड्की देखिन्थ्यो
पाक्ला र खाम्ला भनेर
हौसिन्थे वनमानव जस्ता घर मान्छेहरु
जाडोको बिहान टुप्लुक्क आइपुगेको घाम झैं
कतै नभेटिएको खुशी
यीनका अनुहारमा भेटिन्थ्यो,
कति स्वादिलो थ्यो,
छुट्याउनै गाह्रो
भोक मिठो थ्यो वा आंटो !
**
खै यिनले बिर्से की संझदैछन
बालक्रीडामै निधारमा दलेको धूलो
हिंउदमा जोतेर पल्टाएको डल्लो,
वर्षामा सायर रोप्न ठिक्क
फोगटोमा सम्मिएको हिलो,
यीनलाई अझै हेक्का छैन की के हो ?
तिम्रो पाखाभरी हावासंगै वहकिने धूलो
जेठो बूढो र मार्सी हुर्काउने हिलो,
उमेर छिप्पींदै जांदा
के ले दुषित पार्‍यो तिम्रो मन
छुट्याउन किन गाह्रो भो ?
यो तिम्रो देश, मेरो देशको माटो हो माटो !!
***
तिमीले टुकुटुकु हिंड्न सिकेको
आंगन देखी गल्ली सम्म
गल्ली देखी गा बि स को ढोका सम्म
गा बि स देखी जिल्ला प्रशासनको बहिखाता सम्म
जि प्र को बहिखातादेखी मुग्लिीन थानकोट हुंदै
यूवाहरुको पसिना चुस्ने श्रम विभागको चोटासम्म
श्रमको चोटा कोठादेखी गौचरण सम्म
चुसेर मिल्काइएका छोक्राहरु
लाइन बद्ध, तम्तयार छन,
दुनियांभरीका भर्ती केन्द्रहरुमा छाती नाप्न
जमीन देखी आकाश सम्म
ट्राफिक जाम मात्र देखीन्छ
छुट्याउनै गाह्रो भो
यो हाम्रै बाटो हो या अर्कैको बाटो !!!

-बालक
२०७३ भाद्र ३१
कतार

fb_img_1469386440202

 

देशको दुर्गती सेप्टेम्बर 7, 2016

Posted by timecircle in Uncategorized.
add a comment

sdf

रित्तो सांझ सेप्टेम्बर 3, 2016

Posted by timecircle in Uncategorized.
add a comment

यो सांझ पनि के सांझ यार विनाको सांझ
उदास, उराठ लाग्दो र प्यार विनाको सांझ ।

मन्द मन्द चालहरु, मन्द ओंठका आहट
सकिएन, भुल्न प्रिय, रफ्तार विनाको सांझ ।

लहराउन्न पछ्यौरी, बज्दैन चुरा अचेल
झस्किन्छ त्यो यादमा कारोवार विनाको सांझ ।

रोकिन्थ्यो हावा, उभिन्थ्यो, खम्वा गाडेझैं जून
वितीगए ति अनौठा, हतार विनाको सांझ ।।

-बालक
२०७३ भाद्र १७
कतार

( गजलका नेपाली संस्करण मोतिराम भट्टका नाममा )

zff

“आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन्” सेप्टेम्बर 1, 2016

Posted by timecircle in Uncategorized.
add a comment

– नीरा शर्मा1235290_10201989369432424_2053607247_n

मैले धेरै पढे
आमाका बेदनाका कथाहरु
तर कहिल्यै पढिन
बाका अनुहारमा सलबलाएका
दु:खका बक्र रेखाहरु
धेरै पटक कविहरुले
आमाकै तारिफमा कविता कोरे
आमाकै गीत संगीत भरे
आमालाई धर्ती भन्नेहरुले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सधै ओझेल परे ।

बारीको डिलमा चुपचाप
ठिंग उभिएको बूढो रुख झैं
बा कहिल्यै उभिएनन्
भन्ज्यांगको चौतारी झैं
ढसमस्स बसेनन् बा कहिल्यै
बा त
हाम्रो अँधेरो मेटाउन
मैन झै जलिरहे
हाम्रा खुसी समेट्न
मोनो रेल झैं चलिरहे
जिन्दगी भर कुदिरहे कुदिरहे
थाकेर सुइय नगरि
सधै एक्लै कुदिरहे
त्यसैले त अग्लिदैछ एक्लोपनको हिमाल
बाको मनभित्र ।

यतिखेर
लम्पसार छ निरस जिन्दगी
बाकै अघिल्तिर
थिचिएर त्रासले सधै
घुरिरहन्छ घ्वारघ्वार
कुम्भकर्णको निद्रामा
बाको अन्योल जिन्दगी
तर बा
कर्कलाको पातमा टलपल पानी झैं
आँसु टिलपिलाएका आँखामा
निद्रा हराएपछि
खुशीहरुको शीला खोज्दैछन्
परेलीका डिलहरुमा ।

बोल्दा बोल्दै भासिन्छ बाको स्वर
बोली बन्द हुन्छ एकाएक
थाहा पाउछु म गला अबरुद्ध भएको
र पनि दबाएर सबै पीडा
मुस्कुराएको अभिनय गर्छन्
म चिन्छु त्यो मुस्कान
त्यो नक्कली मुस्कान
जो बाको होइन
हुदै होइन ।

फुंग रंग उडेका
उदासीका फूलहरु
फुलेका छन् बाका मुहार भरी
चाउरिएर
ग्राफ जस्ता गालाका रेखाहरुमा
कतै एक धर्को सन्तोष छैन
कपाल झरेर खुइलिएको बाको तालुमा
जिम्मेवारीको चर्को घामले
उदाए देखि अस्ताउदा सम्म
ठुंगिरहन्छ ।

भित्र मनमा कता कता
बिगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर
संसार जितेको नाटक गर्छन्
अनि बाँड्छन् हामीलाई
पैंचो मागेका उधारा खुसीहरु
तर यथार्थमा
बा हारिरहन्छन् पलपल
मेरो लागि
तिम्रो लागि र
हाम्रो लागि
हो, बा त्यो हरुवा हो
जो सँधै हारिरहन्छन्
केवल सन्तानका लागि ।

poem

ठूला मान्छेहरु सेप्टेम्बर 1, 2016

Posted by timecircle in Uncategorized.
add a comment

hjg