jump to navigation

।। कठपुत्ला ।। अगस्ट 3, 2016

Posted by timecircle in Uncategorized.
trackback

आज पुत्लाहरुको कुम्भमेला हुने दिन
फेरी जनता नामको नलीहाडको
लिलाम बढाबढको शंखघोष गर्ने दिन
भर्खर पुरानो कसाहीले
नया हड्डी फालेको छ
हेर्छ त्यसैलाई र फाल्छ र्‍यालका फाल्सा
यो प्रतिपक्षी बेञ्च
संधै ङ्यार्र ङुर्र गरिरहन्छ त्यसैका लागी
शेरले खरायोको टाउको चपाएको बेला
फन्फनिंदै यो कुना र त्यो कुना
भट्कीरहेका फ्याउरा जस्ता पार्टीहरु ।

आज महाभारतको अन्तिम अध्यायको दिन
‘सत्ता’ नामकी द्रौपदीको चिरहरण
बगिरहेछन थुप्रै सकुनीहरु
बागमतीको लेदोमाथी रातो कात्रो ओढेर
बाघलाई बिरालो बनाउने दिन
अघिल्लो रात,
ठ्याक्कै लक्ष्मी पूजा पर्ने गर्छ
दरवार मार्गको लकरमा
लुसुक्क गोली छिरेर लुकेझैं
लक्ष्मीको अन्तर्ध्यान भै लुक्ने वेला पनि यही हो
जहांबाट एउटा सुरुङ्ग
जेनेभातिर अफसोर यात्रामा निस्कन्छ ।

आज गुरांस फुलेको कोट लगाउने दिन
मनी प्लान्टको ह्याङ्गरमा टोपी झुन्ड्याएर
एउटा चारकुने दुलोमा
सुलुत्त छिर्‍यो कठपुत्ला
किम कार्दासिनको ‘बट’ मा उसको घिच्रो ‘लक्ड’ भो
पाताल जोतिएको उसको नाक
बाउको पुरानो भोटोमा ठोक्कियो
सराप्यो उ जन्मिदा
रक्तमुछेल भएको आमाको पेटिकोटलाई
पछुतो भो उसलाई जन्मेको भूगोलमाथी
उ त रातारात
जङ्गे पिलर बेचेर महान भो
‘नन्दी’हरु ब्लु लेबलको फित्ता चाटीरहेछन
‘भृङ्गी’हरु ‘बाउको’ लाम्टा चुसीरहेछन
‘हृयाक एण्ड हात्तिमा’ ।

उता
‘पशुपती’मा बसेर एउटा जोगीले तिर मार्‍यो
हातको धागो तान्दै मतिर अनुहार फर्कायो
र गर्वले भन्यो
“ए तुम्हारे देशके नेता हैं” ।

-बालक
२०७३ श्रावण १८
कतार

Advertisements

टिप्पणीहरु»

No comments yet — be the first.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: