jump to navigation

तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ अगस्ट 29, 2016

Posted by timecircle in Uncategorized.
add a comment

 

–विनोदविक्रम केसी

फुक्काफाल हिँडिरहेछन् चोरहरू
खुलेआम घुमिरहेछन् हत्याराहरू
पुलिसचौकीकै छायामुन्तिर
निष्फिक्री चुरोट फुकिरहेछन् लुटेराहरू
निर्धक्क सिकारमा निस्किरहेछन् बलात्कारीहरू
हाकाहाकी हप्ता उठाइरहेछन् गुन्डाहरू
अलमस्त घूस खाइरहेछन् कर्मचारीहरू
र, यता
तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

तपाईं अस्पतालमा बिरामी कुरिरहनुभएको छ
खाडीबाट नआइपुगेको, सद्गत गर्न बाँकी
आफन्तको लास कुरिरहनुभएको छ
चढ्न नसकेर चारवटा बस छोडेपछि
पाँचौं बस कुरिरहनुभएको छ
बजेट भाषणसँगै महँगी घट्ने असम्भव शुभ खबर कुरिरहनुभएको छ
कहिल्यै नआउने सुदिन कुरिरहनुभएको छ
यत्तिकै कसैलाई कुरिरहनुभएको छ
यति मामुली गतिविधिमा संलग्न हुनुहुन्छ र पनि
तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ

मानौं, अदना मानव बस्तीमा
बम खसाल्न ठिक्क परेर बसेको
बाराक ओबामा हो तपाईं
मानौं, बीच बजारमा आत्मघाती विस्फोट गर्नुअघि
अन्तिम मन्त्र जपिरहेको आतंककारी हो तपाईं

यसरी चौबीसै घन्टा नियालिरहनुपर्ने
कसलाई भय छ तपाईंबाट ?
कुन मितिमा कसको पिठ्यूँमा छुरा घोपेर भाग्नुभयो तपाईं ?
कसको गाँस खोस्नुभयो ?
कसको बास उखेल्नुभयो ?
सृष्टिको प्रथम घडीदेखि
आकाशले नियालिरहेकै त छ
तपाईंको निरपराध जिन्दगीलाई

कसले दियो अधिकार यो एकआँखे गोलटिनलाई
जो तपाईंका समस्त निरीहता निगरानी गरिबस्छ ?
किन कोही अभिलेख राखिबस्छ तपाईंका दुःखहरूको ?
किन यसरी गिज्याइन्छ तपाईंलाई सर्वदा ?

सीसी टीभीलाई तपाईंको पर्वाह छैन
तपाईंको सुरक्षा या असुरक्षा उसको सरोकार होइन
ऊ त डराउँछ, एलिटहरूको भोजनमा बाधा पर्ला कि भनेर
चिन्ता गर्छ, ठूला मान्छेहरूको सुबिस्ता बिथोलिएला कि भनेर
र, घोप्टे नजरले ताकिबस्छ तपाईंलाई

प्रधानमन्त्री, मन्त्री, सांसद, नेता… ठूलाठूला अरूहरू
कदम–कदम शंकास्पद गतिविधिमा संलग्न छन्
र, यता तपाईंचाहिँ
सीसी टीभीको निगरानीमा हुनुहुन्छ

मिठाई सजाइएको सिसाको सोकेसजस्तो
बनाइएको छ यो पृथ्वीलाई
र, तपाईं अबोध बालकजसरी फुटपाथमा उभिएर
हेरिरहनुभएको छ यसै
कुनै घातक कर्म गर्नुभएजस्तो
तपाईं सीसी टीभीको निगरानीमा हुनुहुन्छ ।10271429_487711381364680_6593667841099012799_o

Advertisements

तिजको चुल्हे निम्तो अगस्ट 28, 2016

Posted by timecircle in Uncategorized.
add a comment

dds

कता हिंड्यौ ? अगस्ट 25, 2016

Posted by timecircle in Uncategorized.
add a comment

bhu

हरायो अगस्ट 24, 2016

Posted by timecircle in Uncategorized.
add a comment

dfr

थकाई मारीरहेको थाकन अगस्ट 21, 2016

Posted by timecircle in Uncategorized.
add a comment

कहांको बालुवाको थुप्रो
कहां हरियो च्यादर ओढेको तिम्रो गाउं
तिमी गनीरहेका होलाउ
जिवनका रेखा रेखा,
तन्किरहेको होला तिम्रो मन
गन्तव्य भेट्न मर्स्याङ्गदीको,
टुक्रुक्क ढिस्कोमा बसेर
तिमी नापीरहेका होलाउ
धर्को जस्तो बाटो,

हे युवा !
तिम्रो मुटुको टुक्रा,
आंखाको रङ
मुजा परेका बा का निधारको बुढ्यौली
र तिमी लहराएको आमाको काख
चटक्कै छाडेर
जहां आज निर्वासित छौ,
हो,
त्यही बाटोको धर्सो भएर
दूर दूर भएका थियौ
लुरुलुरु तिमी एक्लै,
थाकेर चुर चुर
थाकनको बेसी,
थकाइ मारीरहेछ बरको फेदमा
तिमीलाई नै कुरेर
चिसो हावामा बयली खेल्दै ।

-बालक
२०७३ भाद्र ३
कतार11011532_989754181057024_5050996022389846392_n

निधो भयो अगस्ट 19, 2016

Posted by timecircle in Uncategorized.
add a comment

fgt

हत्यारो शहर अगस्ट 18, 2016

Posted by timecircle in Uncategorized.
add a comment

wq

पोल्न थाल्यो अगस्ट 17, 2016

Posted by timecircle in Uncategorized.
add a comment

wt

दुखी छु म अगस्ट 15, 2016

Posted by timecircle in Uncategorized.
add a comment

ser

खुशीहरुको पोष्टमार्टम अगस्ट 13, 2016

Posted by timecircle in Uncategorized.
add a comment

उसले मध्येरात काटेको जुन हेरेकी छे
मैले सांझ, छिप्पिएको पूर्णचन्द्र
‘इमो’ इमोशनल भएको छ
उसको गोल गोल अनुहार
मेरो भूगोलको तस्विर झैं
बासन्ती रौनकमा लठ्ठ छ
तर,
संधै शित्तल रहने मेरो छाती किन पोलेको छ ?
आज चन्द्रमाले घाम बोकेर आएछ
मेरो खुशीको पोष्टमार्टम गर्न
पूर्णीमाको रात,
स्पातिलो धार बोकेर आएछ ।

मैले उसको खुशीको उचाइहरु सोधिन
मैले उसको समयको भव्यता वारे सोधिन
चिटचिट निधारको पसिनाले बयान गरेको छ
उ भित्र कतै उम्लिएकी छे
दुध पोखरीको चिसो हावा
ध्रुवतारा भेट्न उक्लेछ,
उ हावा विना एक्लै बांचेकी छे
उ उज्यालो विना एक्लै हिंडेकी छे
मलाई सोध्न मन थ्यो,
तिमीलाई कस्तो छ ?
उसले त बुझीहोली
त्यो परिचीत आवाज
किवोर्डको छाती
ठक ठक, ठक ठक ठक ….
यो मध्येपूर्वको मध्येरात हो
शुभरात्री !!

-बालक
२०७३ श्रावण २७
कतार