jump to navigation

चौथो विश्व जुलाई 8, 2016

Posted by timecircle in Uncategorized.
trackback

‘नारा ला’ मा विरगञ्ज भन्सार थिएन
त्येसैले त्यहां नाकावन्दी पनि थिएन
वन्द भयो त काठमाडौंले
युगौंदेखी च्यापेर दाविलो पारेका
नुन नपाएर पहरो चाट्ने
सिमान्तकृत वंशको मुख
कहां मुद्धा हालुन कहां, धर्ना बसुन
काठमाडौंको एजेन्ट भेट्न
मुकाम सिमीकोट झर्न मात्र
पन्ध्र दिन बाटो म्याद चाहिन्छ
बाटोमा विश्व खाद्य कार्यक्रमले फालेको
‘एक्सपायर्ड’ चामलको गोदाम कतै भेटिन्न

त्यता अनौठा ग्रहका मान्छे बस्छन
वर्षमा तिन महिना मात्र खान्छन
बांकी नौ महिना उफ्री उफ्री कुंद्छन
जर्नेलका घोडा जस्तै
तथाकथित पहाडिया शासकहरु
‘चौथो विश्व’ निर्माण गरिरहेछन त्येहां
सायद तिनले आफ्नो रुप बदल्नेछन
भयङ्कर विस्फोटक बारुदमा
एक अन्तर्द्धिपीए मिसाइलमा
खतरा छ एलिटहरुको सेतो घरहरुलाई
कुनैपनि वेला
सिधा निशाना दाग्न सक्छन यी

‘डार्विन’ को बलात्कारले जन्मेको
भोकको विश्वविद्यालय
‘सर्भाइवल इज द फिटेस्ट’
यी आफैं प्रयोगवादी हुन
इन्अगुरेशनमा यीनको नयां ‘टाम’ देखिन्छ
थाप्लो पुरै उत्रेर
घेरामात्र टाउकोमा
स्ट्यान्ड लगाइरहेको ढाकाको टोपी

केही धूर्तहरु यीनको छाला उतारेर
मौसमी टपरी गांस्छन
र बसाईं सर्छन काठ्माडौ
थिन्लेको घुर्मैलो अनुहार ओढेर
शहर आएको बाउ
कोपरा थापेर पश्चिमासंग
‘बाइबल’ मागिरहेको छोरो देख्दा
उसको इमान धर्मरायो
सिंह दरवारमा देख्यो
सुकिलामुकिला मगन्तेहरुको भिड
मुर्छा पर्‍यो उ
मुर्छैमा हावाको बुलबुल संगै
ओंठबाट एउटा हरफ हावामै बत्तियो
‘मान्ठ परलोक भयाछन्’ ।

-बालक
२३ आषाढ २०७३

Advertisements

टिप्पणीहरु»

No comments yet — be the first.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: