jump to navigation

बहिनी को चिठी जुलाई 6, 2016

Posted by timecircle in Uncategorized.
trackback

(कविता)

फोन को भाइब्रेशन,
कर्कश ध्वनीले बिउंझायो
शुक्र’bout निद्रा बिथोलियो
बहिनीले टेलीफोनमा भनी
हामी सञ्चै छौं
तर,
गाउं झाडा पखालाले सोत्तर छ
पल्ला गाउंका बाजे विते हिजो राती
मलामी जाने केटा मान्छे भेटीएन
लास जलाएर फर्केको
भोली बारी जोत्नु छ,
लामो स्वांरा सबै पाती फुल्यो
बुट्यान हुर्किएको छ
भाउज्यू सदरमुकाममा
छोरो पढाउंछीन,
सुनेको छु तिम्रो कमाई उडाउंछीन
समयमै ख्याल गर दाई
तिम्रो पसिनामा असिना को गन्ध छ
गलत नगर भनेर संझाएं
आजभोली बोलचाल बन्द छ ।
++
राम्रो संगले निन्द्रा छोडेको छ
बहिनी एकोहोरो बोलेकै छ,
ओढार परेका आंखा
आधा मानो जाने खोपिल्टे गाला
कन्चट बसेर खर्लप्पै छ
आमा,
अझै ढुंग्रो बजाउंदै फुक्छिन
हरेक सांझ बिहान चुल्हो जलाउंछिन
र हाम्रो पेट भरिएको छ
घर थोत्रै छ
दलिन पुरानै छ
धुवांले कलेटी परेको
तिम्रा पालाका बाघ कराउने जंगल
झाडिमा झरेको छ
दुखमा काम आउंथ्यो पल्लारे भाई
उही पनि खाडिमा झरेको छ
पुराना मान्यता सबै भत्के दाई
स्वरुप नबदलिए पनि
जमाना बदलिएको छ
पेट आधै पारेर पनि
स्मार्ट फोनमा बोलिएकै छ
हामीले पनि नयां चलन गरिएको छ ।
++
गलेकी छन आमा
यो हिउंद कट्दीनन् की
बहिनी लामो सुस्केरामा बोली
मेरो सपनाको घरवार भेट्दीनन् की
…………………………
फोन कतिबेला काटिएछ
वा
पैसा सकिएर आफैं बन्द भो होला
मेरी बहिनीको स्मार्ट फोन
म ठिकै छु भन्नै भ्याईएन छ
जव दोस्रो चोटी बिउंझें
सिरानी भिजीरहेको थियो
मन अनयासै उडिरहेको थियो
नल्मीको डांडामाथी ठोक्कींदै
दौडीरहेको कालो बादल जस्तै ।।
-बालक
२१ जेष्ठ २०७३
“photo copied from facebook”

Kunwar Sushil's photo.
LikeShow more reac
Advertisements

टिप्पणीहरु»

No comments yet — be the first.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: