jump to navigation

कविताका पक्षमा अक्टोबर 23, 2015

Posted by timecircle in Uncategorized.
trackback
|| सीमा आभास ||

नेपाली कविता’bout विभिन्न प्रश्नहरू उठ्ने गरेका छन् । कविताको औचित्यमाथि समेत बहस हुने गरेको छ । कविता र कविलाई जोक बनाइन्छ, sima avashसुकेको पातझैं उडाउने कोसिस गरिन्छ । कविता नपढिने, नबुझिने विधा हो भनेर गफ गरिन्छ । अबिकाउ विधा भनिन्छ । तथापि, कविता लेखिइरहेका छन् । यसको तीब्र आलोचना भएकै बेलामा कविता गोष्ठी, एकल वाचन, र परिचर्चाहरू बढ्या बढ्यै छन् । कविता लेख्ने र छाप्ने बढिरहेका छन् । निजी प्रकाशन गृहले पनि यसमा हात हालेका छन् । कविताइतर क्षेत्रमा स्थापित व्यक्ति कवि बन्ने रहर गर्या गर्यै छन् ।
डाका बन्ने रहर अनौठो हो । तर, कवि बन्ने रहर अनौठो होइन । चोक–चोकमा कवि बन्न रहर गर्नेहरू छन् । उनीहरू दुई/चारजना भेट्नेबित्तिकै आफ्नो रहरलाई कविता भनेर सुनाउँछन् । सुनिदिने पनि भेटिन्छन् । ती रहरका अक्षरहरू कति कविता हुन्छन्, कति हुँदैनन् । तर, हामी रहरलाई पनि कविता र कवितालाई पनि कवितै भन्छौं । रहरभन्दामाथि कविता हुन्छ भनेर आँकलन गर्न सकेका छैनौं । कुन रहर हो र कुन कविता ? छुट्याउने कुनै स्केल छैन हामीसित ।
चिया गफमा बस्दाबस्दै लेखेर दुई/चारजना माझमा भएका बेला सुनाइहाल्ने विधा होइन कविता । त्यसरी सुनाएर दुई/चारजनाले वाह भन्दैमा कवि भइने पनि होइन । कविता राम्रो हुन ऊभित्र कवि नै हुनुपर्छ, रहर भएर पुग्दैन ।
एउटा राम्रो कवि जसले कविता चिनेको छ, जो कवितालाई सम्मान गर्छ, ऊ जथाभावी चिया पसलमा, गाडीको भीडमा कविता सुनाएर हिँड्दैन । उसलाई थाहा हुन्छ कविता कानले सुनिने कुरा होइन । हृदयले सुनिने विधा हो यो । हृदयलाई स्पर्श गर्यो या हृदयले सुन्यो भने कविता, कविता हुन्छ ।
कविता लेख्ने रहर गर्नु नराम्रो होइन, यो विधालाई माया गरेको हो । तर, यसरी माया गर्नेहरूले यस विधाको मर्यादालाई सम्मान गर्नसके असल हुन्थ्यो । कवितालाई आलोचना गर्नेहरू हिजो थिए, आज छन् । र, भोलि पनि हुनेछन । तर, जति आलोचना र व्यंग्य भए पनि एक असल कविले कवितै लेख्नेछ । एक असल पाठकले कवितालाई सम्मान गर्नेछ ।
भनिन्छ, जीवनमा हरेक मान्छे एकपल्ट कवि बन्छ । यसलाई सकारात्मक रूपमा व्याख्या गरिनुपर्छ । हरेक मान्छेभित्र सुन्दर हृदय छ । ढुकढुकीको संगीत छ । ऊ आफ्नो सुन्दर हृदयको झंकार आफैं सुन्न चाहन्छ । आफ्नो हृदयको प्रतिविम्ब आफैं नियाल्न चाहन्छ । आफूलाई हेर्न मान्छे कविताको सहारा लिन्छ । अनि ऊ जीवनमा एकपटक कविता लेख्छ । तर, लेखेको कविता उत्कृष्ट हुन्छ भन्ने छैन । कविता लेख्दैमा ऊ कवि बन्छ भन्ने छैन । कविता नलेख्ने मान्छेभित्र पनि कविता तत्व हुन्छ । त्यसलाई काव्यिक बनाउनचाहिँ कवि नै हुनुपर्छ ।

नेपाली समाजमा स्थापित र चर्चित व्यक्तिहरू कविता लेख्न लालायित छन् । तर, यो सुन्दर सुरुआत खतरनाक नबनोस् भन्ने कामना छ । प्रकाशनगृह र सञ्चारमाध्यमले कवितालाई जसरी महत्व दिएर छापिरहेका छन्, यो सराहनीय छ । यसले नेपाली कवितालाई ऊर्जा प्रदान गरेको छ । तर, फरक क्षेत्रमा बनेको व्यक्तित्वका आधारमा जस्तो पनि कविता छाप्ने गरेको समेत पाइन्छ । विडम्बना ! तिनै सञ्चारमाध्यमले भन्ने गरेका छन्– कविता संकटमा छ, यो बिक्दैन ।
भीरको फूलजस्तो कविता सधैं संकटमै छ । त्यही संकटभित्र सौन्दर्य शाश्वत छ । कहिले विचारले थिचिन्छ । कहिले आलोचनाले घायल हुन्छ । बोल्दा सौन्दर्यको मजेत्रोले घुम्टो मारेर सुन्दर सत्य बोल्छ कविता । तर, कवि बन्न रहर गर्नेको बिगबिगीले विचलित हुन्छ । कविताको नाउमा अकविताले थिचिएर निसासिन्छ ।
बाक्लै हुने कविताका कार्यक्रमहरूले खुसी तुल्याउँछ । यी कार्यक्रमहरूले कविताको गम्भीरता’bout बहस पनि उठाइरहेका छन् । खडेरीको चराले पानी पाएजस्तै देशको परिवर्तनको संघारमा कविताले निकै काम गरेको छ । जल्दोबल्दो उदाहरण हो, ०६२/६३ को आन्दोलनको सडक कविता । कविताको ताकत हेर्न उचित समय पर्खनुपर्छ । सधैं कविताले एकै नास असर छोडनुपर्छ भन्नु न्यायोचित हुँदैन । कविता मात्र हैन, कुनै पनि विषयको महत्व सधैं एकै हुँदैन ।
बजार भाउले तोक्ने मूल्यभन्दा फरक हुन्छ कविता । बिक्री नहुनेबित्तिकै नराम्रो हुने हैन । बिक्री नहुनेबित्तिकै सडेर जाने भए पो फिक्री गर्नु ! सौन्दर्य र विचार बिक्री भएन भनेर किन चिन्तित हुनु ? हामी जे चीजलाई पनि पैसासँग तुलना गर्छौं, कविता पैसाले खरिद गर्न सकिँदैन ।
कविता पढिँदैन भनेको सुन्दाचाहिँ हाँसो उठ्छ । मलाई लाग्छ, सबैभन्दा बढी पढिने र सुनिने विधा कविता हो । जसरी माहुरी र गोरुले गर्ने कामहरू फरक छन्, त्यसैगरी कविता र अरू विधाले पार्ने प्रभाव र प्रकृति फरक छन् । साहित्यका अरू विधा र कविताको तुलना गरेर व्याख्या गर्नु उचित होइन । माहुरी र गोरु दुवैले खुबै मेहनत गरे पनि उनीहरूबीच तुलना हुँदैन । हामीले कविताको तुलना कवितैसँग गरिनुपर्छस कथा, निबन्ध र उपन्याससँग होइन । प्रशस्त आम्दानी दिन नसक्नु कविताको कमजोरी हैन । कमजोरी त कविताप्रतिको दृष्टिकोणको हो ।

भीरको फूलजस्तो कविता सधैं संकटमै छ । त्यही संकटभित्र सौन्दर्य शाश्वत छ । कहिले विचारले थिचिन्छ । कहिले आलोचनाले घायल हुन्छ । बोल्दा सौन्दर्यको मजेत्रोले घुम्टो मारेर सुन्दर सत्य बोल्छ कविता ।

एउटा राम्रो कविता एउटा सिंगो उपन्यासभन्दा कम्ती हुँदैन । जस्तोः बैरागी काइँलालाई ‘मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित’ लेख्ने कवि भनेर सम्झिइन्छ । यो कविता सिंगो उपन्यासभन्दा कम छैन । यसरी एउटा मात्र कविता पनि कसैको सम्झिन सकिन्छ भने, त्यो साँच्चै कवि हो । बस्, त्यसका लागि कविता, कविताजस्तै हुनुपर्छ । र, सफल कवि आरनमा खारिएको सुन हो ।
लेखिएका सबै कविता उत्कृष्ट र राम्रा हुन सक्दैनन् । एउटा कविले जीवनभर सधैं उत्कृष्ट कविता लेखिरहन पनि सक्दैन । सक्नैपर्छ भन्ने पनि छैन । ’cause, जीवनको सबै मोड उत्तिकै बलशाली हुँदैन । त्यसैले राम्रा कविहरू आफूलाई सिर्जनशील बनाइराख्न उपन्यास, कथा र निबन्धतिर लागेको देखिन्छ । कविता लेख्न नसके पनि साहित्यका अरू विधामा फेरि जम्न सक्छ । तर, सत्य के हो भने, अरु विधामा जमेको मान्छे पछि आएर राम्रो कवि हुनचाहिँ पक्कै सक्दैन ।
कविताको सौन्दर्य र शक्ति पहिल्याउन सक्ने कविहरू वर्तमान नेपाली साहित्यमा प्रशस्त छन् । यो पुस्ताका कविहरू आफ्नो कविताप्रति उत्तरदायी छन् । आफ्नो लेखनप्रति जबाफदेही छन् । विचार, कला, सचेतना, अधिकार, अस्तित्वका कुरा गर्न थालेका छन् । आफ्ना धारणा र वादमा पनि देखा पर्न थालेका छन् । घनले ढुंगो फुटाएझैं अबका कविताहरूले समाजका अँध्याराहरूलाई फुटाउन छाड्नेछैनन् ।
हाम्रो देशमा भौगोलिक विविधता छ । एकातिर सौन्दर्य छ, अर्कोतिर विकटता । हिमाल पहाड र मधेसका सौन्दर्य र विकटतालाई हाम्रो विचार र हाम्रो सौन्दर्यसँग गाँसेर लेखिनुपर्छ । लेखिँदै पनि छ । कविताको बजार कवितैले पिट्नुपर्छ । अकविताले हैन । कविताको तुलना अकवितासँग हैन, कवितैसँग तुलना गरिनुपर्छ । हामीले थाहा पाउनुपर्छ कि हाम्रा कविताले सौन्दर्यको दम्भ बोलेका छन् । विद्रोहको आगोमा फूलको चित्र बनाएका छन् । अँध्यारा भग्नावशेषमा मार्तोल हानेका छन् । अनि अञ्जुलीमा नीलो नदी उघाएर प्रेमको पर्वतमाथि कुद्दै छन् । कविता कवितैजस्तो हुनुपर्छ ।
***

Advertisements

टिप्पणीहरु»

No comments yet — be the first.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: