jump to navigation

परदेशिएकी आमाको छोरीलाई चिठी सेप्टेम्बर 11, 2015

Posted by timecircle in Uncategorized.
trackback

Capture392September 9, 2015 मा प्रकाशित |

प्यारी छोरी गुनगुन, हर पलको सम्झना, अनि मुटु भरिको माया । कसै न कसैको मद्दतले मेरो यो पत्र तिमी समक्ष पुग्ने छ भन्ने आशा लिएको छु । बाध्यताले भनौं या परिस्थितिले मलाई तिमीबाट अलग बनायो । आज सात समुद्र पारी तिम्रो सम्झनामा बेहाल अवस्थामा आँखाबाट आशुको भेल बगाउदै तिम्रै लागि दुइ–चार शब्द लेख्ने जमर्को गर्दैछु । मेरी छोरी गुनगुन, अहिले तिमी ज्ञान् ज्योति पब्लिक हाइस्कुल दाङ तुल्सिपुरमा कक्षा ६ मा पढ्दै छौ भन्ने जानकारी मलाई छ । कस्तो अवस्थामा छौ । खाकी छौ या भोकै छौ केही जानकारी पाउन सकिन । जब तिमी र म अलग भएका थियौँ । त्यतिखेर तिमी ७ बर्षकी र ३ कक्षामा पढ्दै थियौ । किन र कसरी हामी अलग भयौं त्यो समयले तिमीलाई पछि बताउने छ ।

अहिले तिम्रो कलिलो मस्तिष्कमा म केही भर्न सक्दिन । प्यारी छोरी, सन्तानबाट टाढा रहेर बाच्नुको पीडा सायद तिमीले अहिले बुझ्ने छैनौ । एउटा आमाले आफ्नो प्राण भन्दा प्यारो सन्तानलाई चटक्कै छोडेर त्यसै हिड्दैन । त्यो अभागी आमा हुँ म छोरी जसको पोल्टाभरी सन्तान को माया भएर पनि लुकाउन अनि देखाउन सकिन । वस् तिमी यदि बुझ नानू……!!! त्यति बेला तिम्रो अभागी आमा बेसहारा थी जसले तिमीलाई सहारा दिन सक्ने अवस्थामा थिएन । घाइते शरीर टुक्राटुक्रा भएको मुटु, तिरस्कार, अपमान र घृणित लचार थी । जो माथी शारीरिक र मानसिक यातना सहनै नसक्ने अवस्थामा बर्सिएको थियो । मृत्यु बाहेक अरु सबै बाटो बन्द गरिएको थियो । जीवनलाई चुनौतीपूर्ण रुपमा लिएर बाच्न खोज्दै छु, सायदै यहि मेरो ठूलो भूल होला । म त्यही दिन मरेको भए सायद किस्सा नै खतम हुन्थ्यो होला । बाचेर आज विभिन्न लाल्छना को सामना गर्दै छु ।

मुना परदेशिने बेलाकी उनकी छोरी मुना परदेशिने बेलाकी उनकी छोरी छोरी गुनगुन, तिमी करोडपति बाबा कि एक्ली छोरी हौ । तिम्रो भिखारी आमासँग त्यति बेला तिमीलाई खान दिन न एक गाँसको जोहो थियो, न त बास र लत्ताकपडा नै अनि शिक्षा झनै परको कुरा थियो । म तिम्रो आमा हुँ छोरी, तिमीलाई अनेकौं प्रकारका ठक्कर खुवाउन सडकमा ल्याउन सक्दिन थें । तिमीबाट टाढा हुँदा म कति रोएको थिएँ त्यो एउटा विवस आमाको आँखामा देख्न सक्छौ । जीवनका सबै ढोका बन्द भए पछि वैदेशिक रोजगारलाई अगाल्ने निर्णय लिएँ । बिदेश जानु भन्दा पहिले एक पटक तिमिलाइ भेट्न चाहान्थें । अघाउन्जेल तिमिलाइ हेर्न चाहन्थें । माया गर्न चाहान्थें । तिम्रो घरमा गएर भेट्न् सक्ने अवस्था थिएन त्यसैले तिम्रो स्कुलमा गएको थिएँ । तर, प्रिन्सिपल सरले तपाईं (आमा)लाई भेट्न नदिनू भन्ने आदेश छ भन्नू भयो । म रूँदै धेरै बिन्ती गरेँ । तर, प्रिन्सिपल सरले हामीलाई अप्ठ्यारो पर्छ मेडम सरी भनेपछि निराश भएर फर्किनु बहेक म सँग विकल्प रहेन । सायद तिम्रो शिक्षक शिक्षिकाबीचमा मेरो परिचय एक अपहरणकारीको रुपमा गराइएको थियोे । त्यसैले त एउटा आमालाई उसको सन्तान सँग भेट्न दिइएन ।जो सँ पावर र पैसा छ त्यो नै शक्तिशाली रहन्छ त्यसको पछाडि दुनियाँ दगुर्छ ।

बिदेश आउने दिन आफ्नो मनलाइ समाल्नै नसकेपछी तिम्रो घरको लेनलाइनमा फोन गरें । मेरो अहोभाग्य तिमीले नै फोन उठायौ । तर, मेरो आवज चिने पछि अब फोन नगर्नु भन्दै राखीदियो । कम्सेकम हिड्ने बेला तिम्रो बोली सुन्न पाएँ । त्यो नै मेरो लागि ठूलो कुरा थियो । केही शक्ति पाए जस्तो लाग्यो । मनलाई समालेर अगाडि बढेँ । केही समय पछि मैले पठाइएका सामनाहरु तिम्रै हातले आगो लगाइयो भन्ने सुनेँ । बाटोमा हिड्ने कसैले तिमीलाइ मेरो नाम लिइ तिमी फलानिकी छोरी हौ नि भन्दा होइन भन्छौं रे । सन्तानले जतिसुकै घृणा गरे पनि आमाको मन भित्र सन्तानका लागि मात्र माया हुन्छ । छोरी, तिमीले रुप बैँस र पैसा नभएको आमाको साटो रुपले धपक्क बलेकी कलिलो बैँसले छोपेकी खान्दानी आमा पाएकी छौ । त्यसैले तिम्रो बाल मष्तिष्कलाई कठोर कनायो होल ! मलाइ कुनै गुनासो छैन । छोरी, उमेरले भर्खरै १० वर्ष लागेकी तिमीलाई के नै थाहा छ र ? तिम्रो कलिलो मानसपटलमा जे भरी दियो तिमीले त्यसै गर्दै छौ । कहिलेकाही सपनामा तिमीलाई देख्छु । तिमी म सँग रमाएको बेला कोही आएपछि रुँदै तिमी भागेको देख्दा ऐठन पार्छ, छाती फुट्ला जस्तो गरी दुख्छ । झसङ्ग बिउँझदा आँखाभरी आशु हुन्छ । आज म परदेशमा दिन रात नभनी दुःख गर्दैछु । बस्नलाई एउटा सानो घर जहाँ मेरी छोरीसँग म हुनेछु । संसारको हर खुशी तिम्रो पोल्टाभरी हुनेछ । तिम्रा हर चाहना र खुशी पूरा गर्ने सपना बोकेर बसेको छु । पहिलो पटक यसपली छुट्टी जाँदा मनमा अनेकौं सपना सजाएर तिम्रो लागि अनेकौं उपहार लिएर जब तिमीलाइ भेट्न गएँ । तब तिमी मलाई देखेर भाग्यौ । धेरै पटक तिमीलाई भेट्ने मेरो अनेकौं प्रयास असफल भए ।

तिमी मेरो नजिक नै परिनौ । पछी कसैबाट सुनेँ तिमीलाई म सँग नभेट्न धम्की दिइएको छरे । म सँग भेटेमा तिमीले ठूलो सजाय भोग्नु पर्छ रे। कसरी दिन सक्छु मेरो कारणले तिमीलाई सजाय भेग्न । तिमिले सजाय भोग्न नपरोस् भनी टाढा बसेर तिमीलाइ हेरेँ । उमेरले १० पुग्दा नपुग्दै तिमीले भोग्नु परेको पीडा सारै दुःखद छ नानू । तिम्रो आमाको मायालाई तिम्रो दिमागमा भरी दिएका घृणा तिरिस्कार र अपहेलनाले जितिरहेको अवस्थामा छ । गलत परिचय गराइएको छ । तिम्रो ककिलो दिमागमा तिम्रो आमा प्रतिको मायाको मुना नै निमोठी दिएर जरा नै उखेली दिइएको छ । तर, मलाई पूरा विश्वास छ छोरी, आज हामी जे जस्तो परिस्थितिमा भएपनी हाम्रो मिलन अवस्य हुनेछ । तिमी एकदिन ठूली हुनेछौं । वास्तविकतालाई नजिकबाट नियाल्ने छौ । गाउँ घर आफन्तबाट तिम्रो आमाको सहि परिचय पाउनेछौ । तिम्रो बाल मानसपटलमा तिम्रो आमा प्रति विष घोल्नेलाई सायद यो था छैन होला आमा त्यो ध्रुव सत्य कुरा हो जो फेर्न अनि बदल्न मिल्दैन । जतिसुकै कालो रात भएपनी बिहानी उषाको किरणले त्यसको चीरहरण गरी निस्कन्छ । त्यसै गरी एक दिन सत्यको विजय हुनेछ । अनि हाम्रो मिलन हुनेछ । मुना रिजाल मुना रिजाल सोचेको थिएँ तिमिलाइ मेरो विरुद्ध बनाउनेले हर सुखसयल दिएर तिम्रो आमा भुलाएका छन् । एक दिन तिम्रो घरमा कोही नभएको मौक छोपी त्यही बाटो भएर तल झर्दै थिएँ । तिमी घोप्टोे परेर भाँडा माझ्दै रैछौ । तिम्रो आमा बिरुद्धको मिसन सँगै तिम्रा कलिला हातमा चुलो चौको र जुठो भाँडा थमाइएको रैछ ।

करोडपति बाबा की छोरी भएर पनि तिमीले लगाएका कपडा भिख मागेर लगाए जस्तै थियो । तिमीलाई सुुखमा राख्लान भनेर मैले एक सुख नलिएर हिँडे । आज तिम्रो त्यो अवस्था देख्दा मुटु छिया छिया परेर आउँछ । तिमीले मलाई जति घृणा गरे पनि, जती वचन लगाए पनि तिमी प्रति मेरो मनमा माया बाहेक अरु केही छैन छोरी । छोरी, दश महिना गर्भमा राखेर जन्म दिने आमा हुँ म । तुल्सिपुर घोराहीका हस्पिटल हुँदै नेपालगन्ज सम्म अक्सिजनको सहारा लिएर जीवन र मृत्युसँग पैँठाजोरी खेल्दै पाँच दिनको प्रसव पीडापछि तिमीलाइ धर्ती देखाउने आमा हुँ म । दश धारादुध पिलाउँदै हुुर्काउने आमा हुँ म । तिमी निमोनियाले ग्रसित पार्दा रातभरी तिमीसँगै छट्पट्टिदैं रुने आमा हुँ म । तिम्रो शरीरमा सुइ लगाएको देख्न नसकेर चिच्चाउँदै भुइँमा पल्टिएको आम हुँ म ।

तिमीलाई टुकुटुकु हिंड्न सिकाउने, तोते बोलीमा आवाज दिने, तिम्रो हर खुशीमा रमाउने, तिमिलाई पहिले अक्षर सिकाउने आमा हुँ म । आज म जहाँ रहे पनि मेरो मुटुमा मात्र तिमी छौ । तिमीलाई सम्झेर नरोएको एक पल छैन । खाना खाने समयमा तिमी भोकै छौ कि जस्तो लाग्छ । मुखमा खान पुग्नु अघि आँसु पुगेको हुन्छन् । मेरो अवस्थामा जो कोही हुन्थे भने त्यो मरी सक्थ्यो होला । आमा नहुँदाको पीडा मैले भोगी सकेको छु । त्यो बाटो म गुज्रिसकेको छु । म त्यो पीडा तिमिलाई दिन चाहन्न । त्यसैले पनि जस्तोसुकै परिस्थितिमा पनि बाच्ने कोशिश गर्दैछु । तिमीलाइ सधै सुखी अनि खुशी देख्न चाहाने तिम्रो अभागी आमा मुना रिजल तुल्सिपुर नगरपालिका–६ मदन नगर, दाङ हाल युएई (दुवई) (चिठीमा उल्लेख भएका विचार नितान्त मुनाकै रहेको यसमा यस प्रकाशनको कुनै आग्रहपूर्वाग्रह नरहेको स्पष्ट पार्न चाहान्छौं सम्पादक )

साभार श्राेतः जुमएनपी

http://purbelinews.com/2015/09/

Advertisements

टिप्पणीहरु»

No comments yet — be the first.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: