jump to navigation

मोदीसँग हात मिलाएका जुकरबर्गलाई हात धुन सल्लाह सेप्टेम्बर 30, 2015

Posted by timecircle in Uncategorized.
add a comment

‘गुजरात दंगाका लागि जिम्मेवार व्यक्तिसँग हात मिलाएका जुकरबर्गले आफ्नो हात सफा गर्नुपर्छ,’ अभियन्ता समूहले भनेको छ । वासिङटन/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेपछि फेसबुक प्रमुख मार्क जुकरबर्गलाई धेरै मानिसले ‘ह्यान्ड स्यानिटाइजर’ पठाएका छन् । ग्रुप अफ एलायन्स फर जस्टिस एन्ड एकान्टिबिलिटीका अभियन्ताहरूले जुकरबर्गलाई आफ्नो हात सफा गर्न सल्लाह दिँदै ‘स्यानिटाइजर’ पठाएका हुन् । यो समूहले एउटा वेबसाइटसमेत सुरु गरेको छ, जसको नाम छ, ‘जक, वास योर ह्यान्ड्स्’ अर्थात् ‘जुकरबर्ग, तपाईंका हात धुनुहोस् ।’ सन् २००२ मा गुजरात दंगा रोक्न मोदी असफल रहेको र यसमा भएका मृत्युको कारण उनी भएको आरोप यो समूहको छ । ‘गुजरात दंगाका लागि जिम्मेवार व्यक्तिसँग हात मिलाएका जुकरबर्गले आफ्नो हात सफा गर्नुपर्छ,’ अभियmodiन्ता समूहले भनेको छ । फेसबुक र ट्विटरलगायतका सामाजिक सञ्जालमा जुकरबर्गलाई ‘स्यानिटाइजर’ पठाएको घटनाको चर्चा भइरहेको छ । एकजना व्यक्तिले ट्विटरमा लेखेका छन्, ‘स्यानिटाइजर गुगललाई पनि पठाइनुपथ्र्यो, ’cause उनी त्यहाँ पनि गएका छन् ।’‘यो साम्प्रदायिकताको अनुहारमाथि हानिएको एउटा थप्पड हो,’ विनय दोकानीले लेखेका छन् । त्यस्तै, मेचासिसले लेखे, ‘मोदीजी, तपाईं जहाँ जानुहुन्छ, गोधराको छाया तपाईंसँगसँगै आउनेछ ।’ अभियान्ता समूहका एक प्रवक्ताले मोदीलाई प्रधानमन्त्रीका रूपमा मात्र हेर्न नहुने बताएका छन् । ‘अमेरिकी जनता–विशेषगरी सिलिकन भ्यालीका नेताले यो कुरा बिर्सनुहुँदैन कि उनी नरसंहारका जिम्मेवार व्यक्ति हुन्,’ उनले भने । अभियानको वेबसाइटका अनुसार हालसम्म जुकरबर्गलाई दुई सय ५० वटा ह्यान्ड स्यानिटाइजरका बोत्तल पठाइसकिएको छ । हरेक बोत्तलमा गुजरात दंगामा मारिएका एक–एकजनाको नाम लेखिएको छ । सन् २००२ मा भएको गुजारत दंगामा एक हजारभन्दा बढीको मृत्यु भएको थियो । उनी त्यो वेला गुजरातका मुख्यमन्त्री थिए र दंगा नियन्त्रणमा उनी उपेक्षित रहेको आरोप छ । -नयां पत्रीकाबाट साभार

समुन्द्र पारीबाट शन्देस सेप्टेम्बर 20, 2015

Posted by timecircle in Uncategorized.
add a comment

गाउंघरतिर आजकल
पानी बाराबार छ रे
थेप्चे, चुच्चे, काला, गोरा
गाउं, बेशीघरे बिच बोलचाल बन्द छ रे
कोहि भाला खुकुरी बोकेर आउलान
गाउंतिर कोही बन्दुक बोकेर पस्लान
हिंडने बाटो एउटै हो
बाटैमा हाम्रो घर छ
दिने केही नभए पनि
चिसो पानी पिलाएर पठाउ है
सबै आफ्नै त हुन नी
कुनैदिन यी कुरा बुझ्लान नी
आमा तिमी त जननी हौ
गाली नगर है कसैलाई
सबै बहादुर नेपाली हुन ।
सबै स्वाभिमानी नेपाली हुन ।।

ईलामको कामी र दार्चुलाको बाहुन
परदेशमा भान्छा एउटै छ हाम्रो
सोलुको शेर्पा र जनकपूरको यादव
सुत्ने सिरानी एउटै छ हाम्रो
म्याग्दीको मगर र लमजुगंको गुरुगं
बस्ने ओत एउटै छ हाम्रो
सिंजाको क्षेत्री र बर्दियाको थारु
नेपाली जात एउटै छ हाम्रो
त्यहां अर्कैको लागि भाई भाई लडेका छन रे
देशकै पहिचान हराएका वेला जातको चाहियो रे
यता त्यस्तो हल्ला छैन
त्यताको हल्ला त म बुझ्दैन
आमा तिमी त जननी हौ
गाली नगर है कसैलाई
सबै बहादुर नेपाली हुन ।
सबै स्वाभिमानी नेपाली हुन ।।

बुद्ध भूमी भन्दा पर यहां सानो नेपाल छ
हाम्रो एकता छ र यस्तो आवाज छ
जुम्लाको स्याउ, हेलम्बुको सुन्तला
सोली बोकेर जानकी भेट्न जाने सल्लाह भो
सप्तरीको ‘कतर्नी’, बर्दियाको दाल
कोशेली लिएर मुक्तीनाथ भेट्न जाने निधो भो
खप्तडको टुसा, सिन्धुलीको अचार
छठ र माघीमा सामेल हुनेभो
देश बाहिर गएर हेर त
कति सुन्दर देखिन्छ हिमाल
मरुभूमीको यात्रा गर त
बगैंचा झैं छ तिम्रो आंगनको झार
आमा तिमी त जननी हौ
गाली नगर है कसैलाई
सबै बहादुर नेपाली हुन ।
सबै स्वाभिमानी नेपाली हुन ।।

हाम्रो भविष्यमाथी तिमी नखेल
हाम्रो सपनाको वली नचढाउ
सबैले प्रदेश हैन
मेरो देश भनेको सुन्ने रहर भो
झगडा त प्रदेशका लागि हैन
देशको सिमा रक्षाका लागि गरे हुंदो हो
बिग्रेकै के छ र
झगडा त अज्ञानताले हुने हो
एक आपसमा हात मिलाउ
कसम त देश बनाउने खाउ
समुन्द्रपारबाट यो हाम्रो सन्देश हो
तिम्रो क्षमता त निर्माणमा लगाउ
आमा तिमी त जननी हौ
गाली नगर है कसैलाई
सबै बहादुर नेपाली हुन ।
सबै स्वाभिमानी नेपाली हुन ।।
–वालक
photo c&pFB_IMG_1442255104576

दिदी बहिनीको संझनामा सेप्टेम्बर 20, 2015

Posted by timecircle in Uncategorized.
add a comment

यो दुनियाको रित हो
वा, आमा संधै रहन्नन्
संझेर आंशु नझार है दिदि
वा, आमा निख्रेपछी
दाजु भाई नै माईती हुन
संधै झैं यो साल पनि आएछ तिज
वा, आमा हुंदा पनि त
हरेक तिजमा आउन सकिनौ
घर धन्धाले बाटो रोक्यो
वाल बच्चाको स्याहारले
माईत जाने चाहनालाई छेक्यो
यसपाला दाई भाईले संझे होलान
दर खाने दिन आउनु
मिठो पिठो जे छ त्येही खानु
अनी हांसीखुशी र्फकनु
तिमी जसरी पनि आउनु है
तिमी नआए खल्लो हुन्छ तिज ।
तिमी नआए अनिंदो हुन्छ तिज ।।

मलाई संझना आईरहन्छ
तिजको अघिल्लो दर खाने दिन
म कुंदेर पुग्थें आमाको निम्ता लिएर
खै मैले त मन भरी भरी
दिदी भनेर पुजें कि पुजिन
स्निग्ध माया आमाको जस्तै
तिम्रो ममता भनेर बुझें कि बुझिन
टिका लगाए पछी
छली छली बा, आमाको आंखा
दिन्थ्यौ मलाई पो दक्षिणा
खै तिम्रो खुशीको वर्षाबाट
शिर देखी पाउसम्म रुझेंकी रुझिन
मलाई थाहै भएन
म जिवनभर तिम्रो ऋणी पो भएछु
म यो मूल्य तिर्न गयल पो भएछु
तिमी जसरी पनि आउनु है
तिमी नआए खल्लो हुन्छ तिज ।
तिमी नआए अनिंदो हुन्छ तिज ।।

समय अली आधुनिक भएछ दिदी
पहिले विश्वासले चल्ने घर
अहिले सम्झौताले चल्ने भएछ
पहिले प्रेमले बांधिने सम्बन्ध
अहिले पैसाले बांधिने भएछ
म अरबको लाहुरे,
धेरै भो, कहिल्यै सोधिनौ
के ल्यायौ मेरा लागि भनेर
धेरैले आशा गरे माईतिको
तिमीले त निरन्तर गुमायौ मेरै लागि
तैपनि कहिल्यै सोधिनौ
बदलामा के दिन्छौ भनेर
तिम्रो मातृत्वले कायल छु म
एकोहोरो प्रेमले घायल छु म
यसपाली तिजमा म आउन सकिन लिन
अर्को तिज तिमी जसरी पनि आउनु है
तिमी नआए खल्लो हुन्छ तिज ।
तिमी नआए अनिंदो हुन्छ तिज ।।

“हरितालीका तिज २०७२ सालको शुभकामना सम्पूर्ण दिदी बहिनीहरुमा”12033241_10206453133038609_2180540360066926823_n

परदेशिएकी आमाको छोरीलाई चिठी सेप्टेम्बर 11, 2015

Posted by timecircle in Uncategorized.
add a comment

Capture392September 9, 2015 मा प्रकाशित |

प्यारी छोरी गुनगुन, हर पलको सम्झना, अनि मुटु भरिको माया । कसै न कसैको मद्दतले मेरो यो पत्र तिमी समक्ष पुग्ने छ भन्ने आशा लिएको छु । बाध्यताले भनौं या परिस्थितिले मलाई तिमीबाट अलग बनायो । आज सात समुद्र पारी तिम्रो सम्झनामा बेहाल अवस्थामा आँखाबाट आशुको भेल बगाउदै तिम्रै लागि दुइ–चार शब्द लेख्ने जमर्को गर्दैछु । मेरी छोरी गुनगुन, अहिले तिमी ज्ञान् ज्योति पब्लिक हाइस्कुल दाङ तुल्सिपुरमा कक्षा ६ मा पढ्दै छौ भन्ने जानकारी मलाई छ । कस्तो अवस्थामा छौ । खाकी छौ या भोकै छौ केही जानकारी पाउन सकिन । जब तिमी र म अलग भएका थियौँ । त्यतिखेर तिमी ७ बर्षकी र ३ कक्षामा पढ्दै थियौ । किन र कसरी हामी अलग भयौं त्यो समयले तिमीलाई पछि बताउने छ ।

अहिले तिम्रो कलिलो मस्तिष्कमा म केही भर्न सक्दिन । प्यारी छोरी, सन्तानबाट टाढा रहेर बाच्नुको पीडा सायद तिमीले अहिले बुझ्ने छैनौ । एउटा आमाले आफ्नो प्राण भन्दा प्यारो सन्तानलाई चटक्कै छोडेर त्यसै हिड्दैन । त्यो अभागी आमा हुँ म छोरी जसको पोल्टाभरी सन्तान को माया भएर पनि लुकाउन अनि देखाउन सकिन । वस् तिमी यदि बुझ नानू……!!! त्यति बेला तिम्रो अभागी आमा बेसहारा थी जसले तिमीलाई सहारा दिन सक्ने अवस्थामा थिएन । घाइते शरीर टुक्राटुक्रा भएको मुटु, तिरस्कार, अपमान र घृणित लचार थी । जो माथी शारीरिक र मानसिक यातना सहनै नसक्ने अवस्थामा बर्सिएको थियो । मृत्यु बाहेक अरु सबै बाटो बन्द गरिएको थियो । जीवनलाई चुनौतीपूर्ण रुपमा लिएर बाच्न खोज्दै छु, सायदै यहि मेरो ठूलो भूल होला । म त्यही दिन मरेको भए सायद किस्सा नै खतम हुन्थ्यो होला । बाचेर आज विभिन्न लाल्छना को सामना गर्दै छु ।

मुना परदेशिने बेलाकी उनकी छोरी मुना परदेशिने बेलाकी उनकी छोरी छोरी गुनगुन, तिमी करोडपति बाबा कि एक्ली छोरी हौ । तिम्रो भिखारी आमासँग त्यति बेला तिमीलाई खान दिन न एक गाँसको जोहो थियो, न त बास र लत्ताकपडा नै अनि शिक्षा झनै परको कुरा थियो । म तिम्रो आमा हुँ छोरी, तिमीलाई अनेकौं प्रकारका ठक्कर खुवाउन सडकमा ल्याउन सक्दिन थें । तिमीबाट टाढा हुँदा म कति रोएको थिएँ त्यो एउटा विवस आमाको आँखामा देख्न सक्छौ । जीवनका सबै ढोका बन्द भए पछि वैदेशिक रोजगारलाई अगाल्ने निर्णय लिएँ । बिदेश जानु भन्दा पहिले एक पटक तिमिलाइ भेट्न चाहान्थें । अघाउन्जेल तिमिलाइ हेर्न चाहन्थें । माया गर्न चाहान्थें । तिम्रो घरमा गएर भेट्न् सक्ने अवस्था थिएन त्यसैले तिम्रो स्कुलमा गएको थिएँ । तर, प्रिन्सिपल सरले तपाईं (आमा)लाई भेट्न नदिनू भन्ने आदेश छ भन्नू भयो । म रूँदै धेरै बिन्ती गरेँ । तर, प्रिन्सिपल सरले हामीलाई अप्ठ्यारो पर्छ मेडम सरी भनेपछि निराश भएर फर्किनु बहेक म सँग विकल्प रहेन । सायद तिम्रो शिक्षक शिक्षिकाबीचमा मेरो परिचय एक अपहरणकारीको रुपमा गराइएको थियोे । त्यसैले त एउटा आमालाई उसको सन्तान सँग भेट्न दिइएन ।जो सँ पावर र पैसा छ त्यो नै शक्तिशाली रहन्छ त्यसको पछाडि दुनियाँ दगुर्छ ।

बिदेश आउने दिन आफ्नो मनलाइ समाल्नै नसकेपछी तिम्रो घरको लेनलाइनमा फोन गरें । मेरो अहोभाग्य तिमीले नै फोन उठायौ । तर, मेरो आवज चिने पछि अब फोन नगर्नु भन्दै राखीदियो । कम्सेकम हिड्ने बेला तिम्रो बोली सुन्न पाएँ । त्यो नै मेरो लागि ठूलो कुरा थियो । केही शक्ति पाए जस्तो लाग्यो । मनलाई समालेर अगाडि बढेँ । केही समय पछि मैले पठाइएका सामनाहरु तिम्रै हातले आगो लगाइयो भन्ने सुनेँ । बाटोमा हिड्ने कसैले तिमीलाइ मेरो नाम लिइ तिमी फलानिकी छोरी हौ नि भन्दा होइन भन्छौं रे । सन्तानले जतिसुकै घृणा गरे पनि आमाको मन भित्र सन्तानका लागि मात्र माया हुन्छ । छोरी, तिमीले रुप बैँस र पैसा नभएको आमाको साटो रुपले धपक्क बलेकी कलिलो बैँसले छोपेकी खान्दानी आमा पाएकी छौ । त्यसैले तिम्रो बाल मष्तिष्कलाई कठोर कनायो होल ! मलाइ कुनै गुनासो छैन । छोरी, उमेरले भर्खरै १० वर्ष लागेकी तिमीलाई के नै थाहा छ र ? तिम्रो कलिलो मानसपटलमा जे भरी दियो तिमीले त्यसै गर्दै छौ । कहिलेकाही सपनामा तिमीलाई देख्छु । तिमी म सँग रमाएको बेला कोही आएपछि रुँदै तिमी भागेको देख्दा ऐठन पार्छ, छाती फुट्ला जस्तो गरी दुख्छ । झसङ्ग बिउँझदा आँखाभरी आशु हुन्छ । आज म परदेशमा दिन रात नभनी दुःख गर्दैछु । बस्नलाई एउटा सानो घर जहाँ मेरी छोरीसँग म हुनेछु । संसारको हर खुशी तिम्रो पोल्टाभरी हुनेछ । तिम्रा हर चाहना र खुशी पूरा गर्ने सपना बोकेर बसेको छु । पहिलो पटक यसपली छुट्टी जाँदा मनमा अनेकौं सपना सजाएर तिम्रो लागि अनेकौं उपहार लिएर जब तिमीलाइ भेट्न गएँ । तब तिमी मलाई देखेर भाग्यौ । धेरै पटक तिमीलाई भेट्ने मेरो अनेकौं प्रयास असफल भए ।

तिमी मेरो नजिक नै परिनौ । पछी कसैबाट सुनेँ तिमीलाई म सँग नभेट्न धम्की दिइएको छरे । म सँग भेटेमा तिमीले ठूलो सजाय भोग्नु पर्छ रे। कसरी दिन सक्छु मेरो कारणले तिमीलाई सजाय भेग्न । तिमिले सजाय भोग्न नपरोस् भनी टाढा बसेर तिमीलाइ हेरेँ । उमेरले १० पुग्दा नपुग्दै तिमीले भोग्नु परेको पीडा सारै दुःखद छ नानू । तिम्रो आमाको मायालाई तिम्रो दिमागमा भरी दिएका घृणा तिरिस्कार र अपहेलनाले जितिरहेको अवस्थामा छ । गलत परिचय गराइएको छ । तिम्रो ककिलो दिमागमा तिम्रो आमा प्रतिको मायाको मुना नै निमोठी दिएर जरा नै उखेली दिइएको छ । तर, मलाई पूरा विश्वास छ छोरी, आज हामी जे जस्तो परिस्थितिमा भएपनी हाम्रो मिलन अवस्य हुनेछ । तिमी एकदिन ठूली हुनेछौं । वास्तविकतालाई नजिकबाट नियाल्ने छौ । गाउँ घर आफन्तबाट तिम्रो आमाको सहि परिचय पाउनेछौ । तिम्रो बाल मानसपटलमा तिम्रो आमा प्रति विष घोल्नेलाई सायद यो था छैन होला आमा त्यो ध्रुव सत्य कुरा हो जो फेर्न अनि बदल्न मिल्दैन । जतिसुकै कालो रात भएपनी बिहानी उषाको किरणले त्यसको चीरहरण गरी निस्कन्छ । त्यसै गरी एक दिन सत्यको विजय हुनेछ । अनि हाम्रो मिलन हुनेछ । मुना रिजाल मुना रिजाल सोचेको थिएँ तिमिलाइ मेरो विरुद्ध बनाउनेले हर सुखसयल दिएर तिम्रो आमा भुलाएका छन् । एक दिन तिम्रो घरमा कोही नभएको मौक छोपी त्यही बाटो भएर तल झर्दै थिएँ । तिमी घोप्टोे परेर भाँडा माझ्दै रैछौ । तिम्रो आमा बिरुद्धको मिसन सँगै तिम्रा कलिला हातमा चुलो चौको र जुठो भाँडा थमाइएको रैछ ।

करोडपति बाबा की छोरी भएर पनि तिमीले लगाएका कपडा भिख मागेर लगाए जस्तै थियो । तिमीलाई सुुखमा राख्लान भनेर मैले एक सुख नलिएर हिँडे । आज तिम्रो त्यो अवस्था देख्दा मुटु छिया छिया परेर आउँछ । तिमीले मलाई जति घृणा गरे पनि, जती वचन लगाए पनि तिमी प्रति मेरो मनमा माया बाहेक अरु केही छैन छोरी । छोरी, दश महिना गर्भमा राखेर जन्म दिने आमा हुँ म । तुल्सिपुर घोराहीका हस्पिटल हुँदै नेपालगन्ज सम्म अक्सिजनको सहारा लिएर जीवन र मृत्युसँग पैँठाजोरी खेल्दै पाँच दिनको प्रसव पीडापछि तिमीलाइ धर्ती देखाउने आमा हुँ म । दश धारादुध पिलाउँदै हुुर्काउने आमा हुँ म । तिमी निमोनियाले ग्रसित पार्दा रातभरी तिमीसँगै छट्पट्टिदैं रुने आमा हुँ म । तिम्रो शरीरमा सुइ लगाएको देख्न नसकेर चिच्चाउँदै भुइँमा पल्टिएको आम हुँ म ।

तिमीलाई टुकुटुकु हिंड्न सिकाउने, तोते बोलीमा आवाज दिने, तिम्रो हर खुशीमा रमाउने, तिमिलाई पहिले अक्षर सिकाउने आमा हुँ म । आज म जहाँ रहे पनि मेरो मुटुमा मात्र तिमी छौ । तिमीलाई सम्झेर नरोएको एक पल छैन । खाना खाने समयमा तिमी भोकै छौ कि जस्तो लाग्छ । मुखमा खान पुग्नु अघि आँसु पुगेको हुन्छन् । मेरो अवस्थामा जो कोही हुन्थे भने त्यो मरी सक्थ्यो होला । आमा नहुँदाको पीडा मैले भोगी सकेको छु । त्यो बाटो म गुज्रिसकेको छु । म त्यो पीडा तिमिलाई दिन चाहन्न । त्यसैले पनि जस्तोसुकै परिस्थितिमा पनि बाच्ने कोशिश गर्दैछु । तिमीलाइ सधै सुखी अनि खुशी देख्न चाहाने तिम्रो अभागी आमा मुना रिजल तुल्सिपुर नगरपालिका–६ मदन नगर, दाङ हाल युएई (दुवई) (चिठीमा उल्लेख भएका विचार नितान्त मुनाकै रहेको यसमा यस प्रकाशनको कुनै आग्रहपूर्वाग्रह नरहेको स्पष्ट पार्न चाहान्छौं सम्पादक )

साभार श्राेतः जुमएनपी

http://purbelinews.com/2015/09/

गजल सेप्टेम्बर 11, 2015

Posted by timecircle in Uncategorized.
add a comment

संगतीले संधै पर्यो जिन्दगीमा भोगी हुन
सबैथोक सिद्धीएर बांकी रह्यो जोगी हुन

घरको दलान बेची, बेची खाइयो जिन्दगी नै
नियतीले दनक हान्यो आज पर्यो रोगी हुन

आफ्ना जती टाढीए ती सबै भन्थे पेचाडे भो
ढांटिएन कसैलाई नि जानिएन ढोंगी हुन

उसले पनि छोडि साथ बर्बादीको बाटो देखी
त्यै धूंवा र पानी मीली बल गर्यो वियोगी हुन

संगतीले संधै पर्यो जिन्दगीमा भोगी हुन
सबैथोक सिद्धीएर बांकी रह्यो जोगी हुन

-‘वालक’

यहां अर्कै दुनियां छ सेप्टेम्बर 8, 2015

Posted by timecircle in Uncategorized.
add a comment

 

तिमी भन्छौ,
गरिबीमा झगडा छ
तिम्रो आरोप छ,
अभावमा लुछाचंुडी छ
न कोही यहां धनी छ
न कोही यहां गरिब छ
उपहार यो पनि तिम्रै न हो
यहां मुर्दा शान्ति छ
हेर यहां भिन्दै एकता छ
हेर यहां अर्कै दुनियां छ ।

तिमी उठेपछी
यीनीहरुको रात शुरु हुन्छ
तिमी सुतेपछी
यीनीहरुको झिसमीसे झुल्किन्छ
तिमी अघाएर बांकी फालेपछी
यिनीहरुको भोजन शुरु हुन्छ
उपहार यो पनि तिम्रै न हो
यहां मुर्दा शान्ति छ
हेर यहां भिन्दै एकता छ
हेर यहां अर्कै दुनियां छ ।

त्यो वालक, वृद्धलाई
अविभावक ठान्दो हो
बृद्ध, बालकलाई
सन्तान झैं मान्दो हो
चराहरु छिमेकी यिनका
त्यो कुकुरको स्वतन्त्र मालिक यी
उपहार यो पनि तिम्रै न हो
यहां मुर्दा शान्ति छ
हेर यहां भिन्दै एकता छ
हेर यहां अर्कै दुनियां छ ।

यिनीहरुसंग कुनै जातको दुष्मनी छैन
सांध सिमानाको कुनै रांको जलेको छैन
तड्पाएर तिमीले डामेका अनुहार हुन यी
तिम्रो विरुद्ध कुनै वदलाभाव छैन
कर मुक्त आधा पेट खाएकै छन
तिम्रो एैयासी जिवन प्रती वैरभाव छैन
उपहार यो पनि तिम्रै न हो
यहां मुर्दा शान्ति छ
हेर यहां भिन्दै एकता छ
हेर यहां अर्कै दुनियां छ ।
गौंडा गौंडामा र भित्ता भित्तामा
तह तह र कित्ता कित्तामा
भेटिन्जेल यीनलाई निर्धक्क चुसेर पनि
तिमी कुनै रात ढुक्कले सुतेका छौ ?
कोलाहल वस्तिमा, वस्ति विनाका यी झैं
तिमी कुनै दिन मस्तिले सुतेका छौ ?
उपहार यो पनि तिम्रै न हो
यहां मुर्दा शान्ति छ
हेर यहां भिन्दै एकता छ
हेर यहां अर्कै दुनियां छ ।

नाम विना बरालिएको
ति फिरन्ते वालकको पहिचान
बास विना बहकिएको
ति मगन्ते वृद्धको जिन्दगी
अनुहारमा भलै निभेको कान्ति छ
यहां केवल मुर्दा शान्ति छ
तिम्रो वर्तमानमा भेटिनै गारो
हेर यहां अद्भूत एकता छ
तिम्रो दुनियांबाट नितान्त पृथक
हेर यहां अर्को दुनियां छ ।

उपहार यो पनि तिम्रै न हो
यहां मुर्दा शान्ति छ
हेर यहां भिन्दै एकता छ
हेर यहां अर्कै दुनियां छ ।
-वालक

FB_IMG_1440794305321

मजदुर ‘म’ सेप्टेम्बर 3, 2015

Posted by timecircle in pictures, Uncategorized.
add a comment

khadiसंपूर्ण मजदुरहरुमा समर्पित

लछाप्रै भिजेको ‘डांग्री’
सुस्केरा हाल्दै टुक्रुक्क बस्छु
फलामको पाता ठोकेको जुत्ता
‘आरामदायी’ कुर्ची बनाउंछु
भोकले लखतरान परेको चेतलाई
प्यारीले पस्केको ‘ढिंडो’ सम्म कुंदाउंछु
म त तिम्रै संझनामा
यसैगरी मन दुखाएर बसेको छु
फर्कने दिन गनेर बसेको छु ।

उखर्माउलो गर्मीले निचोरेको वेला
दाउराजस्तो ‘खबुस’ टोक्छु
घामले ‘बांस’ पारेको घांटी
वोतलको पानीले भिजाउंछु
रोटीमा टप्केको पसिनाको थोपा
गरुङ्गो हातले पन्छाउंछु
म त तिम्रै संझनामा
यसैगरी मन दुखाएर बसेको छु
फर्कने दिन गनेर बसेको छु ।

कुक्क कुक्क बाडुली लाग्छ
दुई वर्षे छोरीले पो संझी की, टोलाउंछु
सुख्खा रोटी तल सर्दैन त
बाले पारेको बाकुलो मही सम्झन्छु
पराईको शब्दले पारेको मनको खाडल
आमाको ममतामयी बचनले पुर्छु
म त तिम्रै संझनामा
यसैगरी मन दुखाएर बसेको छु
फर्कने दिन गनेर बसेको छु ।

तिमीले खुब पुल्कायौ मलाई
अहिले घर धन्दा पनि आफैं गर्छु
तिमीले गाग्री छुन दिईनौ कहिल्यै
अहिले पंधेरो पनि आफैं धाउंछु
बाह्र बाह्र घंटा वेल्चा बजार्दा
उत्तिसको मुढा ताछेको याद गर्छु
म त तिम्रै संझनामा
यसैगरी मन दुखाएर बसेको छु
फर्कने दिन गनेर बसेको छु ।

म घर्कै संझनामा
यसैगरी मन दुखाएर बसेको छु
फर्कने दिन गनेर बसेको छु ।

– बालक

गजल सेप्टेम्बर 1, 2015

Posted by timecircle in Uncategorized.
add a comment

संधै दुर दुर गरि उसैले
वोली नानाथरी उसैले

संझ आफ्नालाई भनेको त
यत्रा आंखा तरी उसैले

मुहार उज्यालो मन अंध्यारो
चलाई मनपरी उसैले

दोषी म दोष थाहा नहुंदै
जोरी कचहरी उसैले

छोडि गई तोडी सम्बन्ध
उठाई दुखको भूमरी उसैले

एक्लै जित्छु दुनिया भन्थी
कसैको जालमा परि उसैले

अहिले माफ गर ‘वालक’
भन्छे रुंदै धर्धरी उसैले
-वालक