jump to navigation

गजल मार्च 17, 2013

Posted by timecircle in Uncategorized.
add a comment

 

मझधारमा बग्नेलाई किनाराको चाह हुन्छ
फुल सुन्दर फुलेपछी भवरालाई डाह हुन्छ

रात रुन्छ शित सधै उज्यालोको पर्खाईमा
बग्नुपर्दा रात सगै दिलभित्रै औडाह हुन्छ

चर्किएर घाउहरु दुख्छ ? भनी नसोधन
घाउ दुख्दा कस्तो हुन्छ दुख्नेलाई नै थाह हुन्छ

सभालिई एकैछीन सोच्दा संसार जित्छु भनी
फाट्छन सधै सपनाहरु मिर्मीरेमा स्वाह हुन्छ

लाखौं मुटु धड्किरा’छन बिछोडमा तड्पी यहा
आधा जिवन बाच्नेहरुको कसलाई नै पर्वाह हुन्छ

दिन रात समयको रित यस्तै भए पनि
घाम डुब्दा दिनलाई रमाईलो कहा हुन्छ ?

-सुशील

मुखिया मार्च 17, 2013

Posted by timecircle in Uncategorized.
add a comment

 

मलाई कसैले रोकिन भनेको छ
कसैले पछि हट्ने आदेश गरेको छ
कोहि उपेः्रेर अघी बढ्न सुझाईरहेछ
मैले के गर्दा ठिक वा वेठिक हुन्छ ?
रोकिंदा ?
पछी हट्दा ?
वा उपेःरेर अघी बढ्दा ?
मसङ्क कुनै निर्णय छैन
तैपनि मलाई गर्व छ
म मुखिया हुँ ।
ंंं
भित्तामा झुण्डिएको तक्मा धुलो परेको छ
संगैको ‘खुकुरी’ खिया लागेर भुत्ते छ
देशको पुरानो नक्शा साँध खुम्चिएको छ
आनै नाडी छाम्छु पाइन सकिएको छ
खुट्टा भविष्य थाम्नै नसक्ने गरी लुगलुग गर्छ
इमानका अघी आँखा जुध्न मान्दैनन्
शिर अभिमानले लत्रेको छ
आपैः भित्र कतै केही मरिरहेको छ
तैपनि मलाई गर्व छ
म मुखिया हुँ ।
ंंं
आनाहरुको सुरक्षाको हैसियत राखीन
आपः्नै आँगन पराईको हुँदा आँखा चिम्लिदिएँ
बारीका फसल लुटिईरहँदा मौन बसिदिएँ
होईन भनेर आपः्नैलाई ढाँटें
पुर्खाको इमान आपः्नो समेत सस्तैमा बेचिदिएँ
मौकामा चौका पल्टाएँ
पासा आपः्नै पक्षमा पल्टयो
देश जहा पुगोस, मैले पुस्ता सुधारे
मलाई गर्व छ
म मुखिया हुँ ।
ंंं
मलाई राम्रो थाहा छ
नन्दि भृङ्गी काबुमा राखेकै छु
‘सुधाहरु’ माझ ताता आश्वासनहरु झारेकै छु
‘प्रभुहरु ‘ लाई जतनसाथ खुशी पारेकै छु
लावालश्कर कावा खान मनचाह उडेकै छु
हावा खान धित मरुञ्जेल गुडेकै छु
म उडेकै वेला ‘सुनामी’ आओस…क्या सपना !
म होनहार कल्पनाकार/योजनाकार
म अवतारी मानव !
दाम राखेर ढोग्नुपर्छ ललकारेर हुँदैन
म अनिर्णयको वन्दी ? हा हा हा …
कायर ?? वेइमान ???
मैले सवै दुस्वप्नहरु पिएको छु घुटुघुटु
त्यसैले त मलाई गर्व छ
म मुखिया हु
सदाबहार मुखिया……!

सुशील