jump to navigation

निस्कर्ष डिसेम्बर 23, 2012

Posted by timecircle in Uncategorized.
add a comment

शिवपुरीबाट लरक्क लर्केको
तिम्रो सुनकेशरी चुल्ठोमा
गोदावरीको सुगन्ध सापटी लिनुछ
बाइसधाराबाट स्खलित यौवनका धाराहरुले
अनुहारको कालोपोतो पुछेपछी
स्वयम्भुका वन्द आाखा कसो नउघ्रेलान
काष्ठमण्डपको डवलीमा छमछम
घुघुरुको स्वर तान्दा
तिम्रो बिसौं बसन्तका उभारहरु
ज्वरोले कसो नरन्केलान
आह ! रत्नपार्कको सुन्दर वक्षस्थल
अनी आकाश ताकेर टम्म मिलेका स्तुपाहरु
को चाहादैन र परेवा जस्तै स्निग्ध
वेग हान्न त्येसमाथी

म भावुकतामा वियोगान्त गित गाउदै
लुरुलुरु ओरालो लागेको एक सिपाही
तिम्रो टुंडिखेलमा एक्लै परेड खेल्दै
भद्रकालीको ‘नाभी’ बाट ओरालो झरिरहन्छु
आदिम पुर्खाको उपहार
छालाको ‘बिर्के टोप’ शिरमा ढल्काएर
भिमसेन थापाको धरहरा ली टेकी
फराकिलो फाट साघुरिंदै बनेको खाेच
सर्वाङ्ग प्राकृतिक रुपमा
नब्बे डिग्री देशान्तर, म ठिङ्ग उभेको छु
तिम्रो गोलार्द्धको तिनकुनेबाट
अविरल बगिरहन्छ बाग्मती
म निशब्द, स्तब्ध
नापीरहन्छु यसको गहिराइ
बैंशको झाडी पन्छाउदै
बाग्मतीको गोलाइबाट बिलीन हुनुछ
छिर्नुछ एउटा अध्यारो सुरुङ्गभित्र
सायद यही हुनेछ जवानीको उत्कर्ष
या थामीनेछ उन्मत्त वेग

गलेर लत्रक्क, शिथिल
तर जितको अभिमान पुछेर
तिम्रो धड्कन छाम्नेछु
के समय तिम्रो पनि अडिएको हो ?
भन्न गाह्रो छ
त्यो तिम्रो नया आयाम हो वा मेरो
तिम्रो धारिलो शब्दहरुले
छप्काइएको मेरो ‘पुरुष’
फेरी बुर्लुक बुर्लुक उठ्ने हौसला राख्दैन
मेरो सल्लाह
तिमी अध्यारोमा फेरी छामछुम नगर
त्यसपछी जिवनको
कुनै ‘आयाम’ बाकी रहने छैन ।
– बालक

Advertisements

गजल डिसेम्बर 1, 2012

Posted by timecircle in Uncategorized.
1 comment so far

गजल

विदेश जान्छु भनें मात्र ठालुबा’को पास मिल्यो
भोको पेटमा अलिकती हलुवाको आश मिल्यो

आकाशबाट उडि आए स्वर्ग पुगे जस्तै गरी
भूईंमा झर्दा तातो तातो वालुवाको रास मिल्यो

मान्छेले नै मान्छेलाई बेच्दारै’छन पशुसरी
दलालको जुत्तामुनी तलुवाको वास मिल्यो

वेपत्ता छन कोही कतै कोही भोकै अलपत्र
जिन्दगीकै जहाज डुब्ने झेलभा’को प्रवास मिल्यो

आ’को थिए कमाउन बालबच्चाको माया लिई
भाच्चिएर अल्पायुमै पालुवाको लाश मिल्यो

-सुशील खड्का