jump to navigation

प्रवासी नेपालीहरुका समस्या संबन्धि प्रतिवेदन डिसेम्बर 1, 2009

Posted by timecircle in Press realese.
3 comments
वर्गिय रुपमा राजनैतिक चेतनाको जागरण हुन नपाउ“दा नेपालीहरुको लामो युग अन्धकारमय रुपमा बित्यो । निरन्तर शक्तिमा रहने लुटीखाने बर्गले निश्चित रुपमा सामान्य नागरिकका सबै प्रकारका अधिकारहरुको हनन गरी जंगली अबस्थामा मान्छेहरुलाई बाच्न बाध्य बनायो । तुलनात्मक रुपमा हेर्ने हो भने पनि लिच्छबि अथबा मल्लकालका शासकहरु भन्दा आधुनिक युगका शासकहरु बढि निरङ्कुश र क्रुर तथा लोभी देखिएका छन् यो इतिहासले प्रमाणित गर्दछ । यिनीहरुको एक मात्र ध्येय जसरी हुन्छ अरुलाई लुटेर आफु मात्र सभ्य र संभ्रान्त हुनु पर्ने हुन्थ्यो । यो चरित्र निरंकुश राजतन्त्रका अन्तिम सरदार राजा ज्ञानेन्द्र र युवराज पारसमा पनि बिद्यमान थियो । यस्तो अबस्थामा आम मान्छेको जिवन स्तरमा सुधारको कतै संभाबना थिएन । अब बाँच्नकै लागि यस्तो परम्पराको क्रम भङ्ग हुन्छ की भन्ने आशा भने पलाएको छ । समयले जबरदस्त कोल्टो फेरेको छ । ने.क.पा. माओबादीको नेतृत्वमा हतियारबन्द महान् जनयुद्धको धक्काले निरंकुश र सामन्ती राज्य यन्त्रको मुख्य रुख भाँचिए पनि यसका हाँगा बिगँा र जराहरु यथाबत नै छन् । परिणाम स्वरुप आफ्नो रमाइलो र प्यारो मातृभूमि छोडी पेटकै लागि मुग्लान भासिनु पर्ने क्रम जारी छ र यो बाध्यता पनि हाम्रो परम्पराकै एक अभिन्न अंग जस्तै बनेको छ । केही समय अघि सम्म हाम्रो पहुँच भारत र बर्मा अनि तिब्बत सम्म हुन्थ्यो त अहिले गन्तव्य बदलिएको छ अब दुनिया“को कुनै यस्तो मुलुक छैन होला जहाँ नेपाली नपुगेको होस । (धेरै…)